logo

२०८३ साउन १३ बुधबार

चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा

चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.1K
    SHARES

    प्रमुख निर्यातक भारतले केही धानको विदेशी बिक्रीमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार जनाएको छ ।

    एफएओले एक मासिक प्रतिवेदनमा भनेको छ, “अगस्टमा विश्वव्यापी खाद्य पदार्थको मूल्यमा कमी आए पनि चामलको मूल्य अघिल्लो महिनाको तुलनामा ९.८ प्रतिशतले बढेको छ, जसले भारतले इन्डिका सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारमा आएको अवरोधलाई प्रतिबिम्बित गर्दछ ।”

    संयुक्त राष्ट्र एजेन्सीले भनेको छ, “प्रतिबन्धको अवधिको बारेमा अनिश्चितता र निर्यात प्रतिबन्धहरूको चिन्ताको कारण आपूर्ति–श्रृङ्खलामा प्रमुख निर्यातकहरूले भण्डारणलाई बलियो बनाउन, पुनः वार्ता गर्न वा मूल्य प्रस्तावहरू गर्न बन्द सम्झौताहरू गरे, जसले गर्दा अधिकांश व्यापारलाई सानो आयातनमा सीमित ग¥यो ।”

    कोभिड महामारी, युक्रेनमा जारी युद्ध र एल निनो मौसमी घटनाले उत्पादनको स्तरमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढेको हो ।

    भारतले जुलाईमा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारतले गैर–बासमती सेतो चामलको कूल उत्पादनमध्ये लगभग एक चौथाई उत्पादन गर्छ ।

    उपभोक्ता मामिला तथा खाद्य मन्त्रालयले उक्त कदमले ‘पर्याप्त उपलब्धता सुनिश्चित गर्ने’ र ‘घरेलु बजारमा मूल्यवृद्धिलाई कम गर्ने’ बताएको थियो ।

    विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ ।

    तथ्याङ्क मुल्याङ्कन फर्म ग्रो इन्टेलिजेन्सले जुलाईमा प्रतिबन्धले अफ्रिकी देशहरू टर्की, सिरिया र पाकिस्तानलाई असर गर्ने चेतावनी दिएको थियो । यी सबै राष्ट्रहरू पहिले नै उच्च मुद्रास्फीतिसँग संघर्ष गरिरहेका थिए ।

    विश्वको सबैभन्दा ठूलो चामल आयातकर्तामध्येको एक फिलिपिन्सले बिहीबार भियतनामसँग चामल खरिदका लागि पाँच वर्षे सम्झौता गरेको छ ।

    एफएओका अनुसार, भारत र चीनसँग अघिल्लो बर्ष जस्तै यस परिमाणको लगभग तीन चौथाई हिस्सा रहेकाले विश्वमा चामलको मौज्दात १९ करोड ८१ लाख टन पुग्ने अनुमान गरिएको छ । यो सङ्ख्या सोही अवधिमा धान खपत हुने अनुमानको करिब ३८ प्रतिशत हो ।

    तर बाँकी विश्वसँग रहेको धानको मौज्दातमा लगातार दोस्रो पटक सङ्कुचन आउने अनुमान गरिएको छ । एल निनोले अर्को बालीमा पनि नकारात्मक प्रभाव पार्न सक्छ ।

    प्रमुख खाद्यान्न उत्पादक राष्ट्र रुस र युक्रेनबीच गत वर्ष युद्ध सुरु भएपछि बढेको विश्वव्यापी खाद्य वस्तुको मूल्य क्रमशः घट्दै गएको अवस्थामा भारतीय प्रतिवन्धले चामलको फेरि उच्च माग आएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend