logo

२०८३ साउन १३ बुधबार

मोरक्कोमा भूकम्पबाट करिव तीनसय जनाको मृत्यु

मोरक्कोमा भूकम्पबाट करिव तीनसय जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २३ भाद्र २०८०
  • 1.2K
    SHARES

    मोरक्कोमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २९६ जनाको मृत्यु भएको छ । माराकेशबाट ७१ किलोमिटर दक्षिण–पश्चिममा १८.५ किलोमिटर गहिराइमा रहेको उच्च एटलस पर्वतमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

    स्थानीय समय अनुसार शुक्रबार २३ः११ मा भूकम्प गएको थियो । त्यसको १९ मिनेटपछि ४.९ परकम्प गएको थियो । माराकेश र दक्षिणका धेरै क्षेत्रमा मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भूकम्पबाट माराकेशको पुरानो सहरका केही भवनहरू ध्वस्त भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend