logo

२०८३ साउन १५ शुक्रबार

विश्व द्वन्द्वको बढ्दो जोखिममा गइरहेको राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसको भनाइ

विश्व द्वन्द्वको बढ्दो जोखिममा गइरहेको राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसको भनाइ


हाम्रो राष्ट्र
  • शनिबार, २३ भाद्र २०८०
  • 1.1K
    SHARES

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी–२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताएका छन् । गुटेर्रेसले नयाँ दिल्लीमा पत्रकारसँग कुरा गर्दै विभाजन बढ्दै गएको र यसले तनाव बढिरहेको बताएका हुन् ।

    उनले एक अर्काबीच विश्वास कम हुँदै जाँदा एकसाथ विखण्डनको खतरा हुँदै अन्ततः टकराव बढाउने बताए । विश्वको कूल गार्हस्थ्य उत्पादनको लगभग ८५ प्रतिशत र विश्व जनसङ्ख्याको दुई–तिहाई हिस्सा ओगटेको जी–२० प्रमुख अर्थव्यवस्थाहरूको समूहमा हाल १९ देश र युरोपेली सङ्घ छन् ।

    तर युक्रेनमा रुसको युद्ध र जलवायु परिवर्तनसँग जुध्न उदीयमान राष्ट्रहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा गहिरो असहमतिले नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा सम्झौताहरूमा बाधा पुग्ने अपेक्षा गरिएको छ । गुटेर्रेसले विश्व सङ्क्रमणकालको कठिन घडीमा रहेको र भविष्य बहुध्रुवीय युगतिर जानसक्ने चेतावनी समेत दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend