logo

२०८३ साउन १४ बिहिबार

श्रीलङ्कामा ६ महिनामा तीन अर्ब ८० करोड डलर रेमिट्यान्स भित्रियो

श्रीलङ्कामा ६ महिनामा तीन अर्ब ८० करोड डलर रेमिट्यान्स भित्रियो


हाम्रो राष्ट्र
  • शनिबार, २३ भाद्र २०८०
  • 1.3K
    SHARES

    श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानकारी गराएको छ ।

    यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,” श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले जानकारी दिए । सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उहाँले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट भएको बताए ।

    श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको शुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिए ।

    सन् २०२१ मा श्रीलङ्काका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका छन् भने सन् २०२२ मा करिब तीन अर्ब ८० करोड डलर कामदारले रोजगारी गुमाएका छन् । श्रीलङ्काका लागि वैदेशिक राजस्वको प्रमुख स्रोतमध्ये श्रमिकको विप्रेषण पनि एक हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend