logo

२०८३ साउन १४ बिहिबार

समीक्षाको स्वरमा प्रकाश समूतले ल्याए ‘जाले रुमाल फाट्यो’

समीक्षाको स्वरमा प्रकाश समूतले ल्याए ‘जाले रुमाल फाट्यो’


हाम्रो राष्ट्र
  • आइतबार, २४ भाद्र २०८०
  • 1.3K
    SHARES

    गण्डकी । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो ।

    गायक सपूतको शब्द÷सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएको छ । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।

    आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो । महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपूतले बताए ।

    नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याएको उनको भनाइ छ । विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताए ।

    दुई वर्षअघि सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’मा सपूतले महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गरेका थिए । लैङ्गिक समानताको विषयलाई गीतले समेटेको थियो । सो गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ ।

    बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सपूतका यसअघि ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत सार्वजनिक भइसकेका छन् । ‘गलबन्दी’ उनको सबैभन्दा बढी रुचाइएको गीत हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend