logo

२०८३ साउन १४ बिहिबार

भूकम्पमा परी मोरक्कोमा दुई हजार भन्दाबढीको मृत्यु

भूकम्पमा परी मोरक्कोमा दुई हजार भन्दाबढीको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २४ भाद्र २०८०
  • 1.4K
    SHARES

    मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । बीबीसीका अनुसार भूकम्पबाट दुई हजार भन्दाबढीको मृत्यु भएको छ भने १४ सय भन्दा बढी घाइते भएका छन् । मृत्यु र घाइते हुनेहरु सबैभन्दा धेरै माराकेशको दक्षिणमा पर्ने प्रान्तका छन् ।

    मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट त्यहाँका नागरिक मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार र राहतका काम सँगसँगै गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend