logo

२०८३ साउन १४ बिहिबार

जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव

जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव


हाम्रो राष्ट्र
  • आइतबार, २४ भाद्र २०८०
  • 910
    SHARES

    सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आइतबार सम्पन्न भएको छ ।

    जी २० को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औँ शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँदिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुवल) समीक्षा बैठक गर्ने प्रस्ताव गरेका छन् ।

    आगामी नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ । गत वर्ष डिसेम्बर १ मा बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो ।

    “तपाई सबैलाई ज्ञात छ नोभेम्बर २०२३ सम्म जी २० अध्यक्षको जिम्मेवारीमा भारत छ । यी दुई दिनमा तपाईं सबैले धेरै सुझाव दिनुभयो र प्रस्ताव राख्नुभयो । ती विषयमा कसरी प्रगति गर्न सकिन्छ भनेर समीक्षा गर्नु हाम्रो कर्तव्य हो । आगामी नोभेम्बरको अन्त्यमा भर्चुवल बैठकका निम्ति म यहाँ प्रस्ताव गर्न चाहन्छु, आशा छ तपाईहरू त्यसमा सहभागी हुनुहुनेछ । यससँगै जी २० शिखर सम्मेलन समापन भएको घोषणा गर्दछु,” अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रस्ताव गरिएका प्रस्तावको समीक्षा आवश्यक भएको बताउँदै प्रधानमन्त्री मोदीले भने ।

    दिल्ली शिखर सम्मेलन समाप्त भएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी २० को प्रतीकात्मक हथौडीसँगै अध्यक्षता हस्तान्तरण गरे ।

    चक्रीय प्रणालीअनुसार जी २० को अध्यक्षता ब्राजिललाई हस्तान्तण गरिएको हो । आगामी डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ ।

    जी २० को १९ औँ शिखर सम्मेलन पनि अब ब्राजिलमा हुनेछ । त्यसअघि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र लुइज इनासियो लुला डा सिल्भाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरुवा हस्तान्तरण गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend