logo

२०८३ असोज ८ बिहिबार

सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैनः कानुनमन्त्री गुरुङ

सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैनः कानुनमन्त्री गुरुङ


हाम्रो राष्ट्र
  • आइतबार, २४ भाद्र २०८०
  • 1K
    SHARES

     

    स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस स्याङ्जाले आइतबार स्याङ्जा सदरमुकाममा विपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘विपी विचार गोष्ठी’ मा उनले सुशासन कायम गराउने सन्दर्भमा कसैलाई पनि छाड्न हुन्न भन्ने पक्षमा आफू रहेको बताए ।

    “सुशासन कायम गर्ने क्रममा ठूला फाइलहरु खोल्दा सरकारलाई घेराबन्दी हुन पनि सक्छ”, उनले भने, “सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैन ।” कुनै पनि पार्टीको मुख नहेरी जो सुकै भए पनि भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीमा ल्याउनैपर्छ भन्ने पक्षमा आफू सदैव उभिने उनको दाबी थियो ।

    “भोलि सरकार रहला नरहला, म पदमा रहुँला नरहुँला त्यसले केही फरक पार्दैन”, उनले भने, “तर भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो जो सुकै भए पनि कानुनी दायरामा ल्याउनै पर्छ भन्ने पक्षको अडानमा म रहन्छु ।”

    मन्त्री गुरुङले विपीले देखाएको मार्गदर्शनमा हिँड्न सके ठीक र हिँड्न नसक्नेहरु गलत हुने बताए । “विपीले देखाएको मार्गदर्शनलाई व्यवहारमा कार्यान्वयन गर्न नसके काम छैन”, उनले भने, “बोलेरभन्दा पनि कर्मबाट विपीका मार्गदर्शनहरुलाई पछ्याउँदै हिँड्न सकेको खण्डमा सफलता प्राप्त हुन्छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend