logo

२०८३ साउन १३ बुधबार

ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु

ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, २५ भाद्र २०८०
  • 1K
    SHARES

    ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।

    आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा शहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा सोमबारदेखि मुसलधारे वर्षा, प्रतिघण्टा ११० किलोमिटरभन्दा बढीको हावाहुरी, बाढी र पहिरो गएको थियो ।

    तीमध्ये एक जनाबाहेक सबै जनाको मृत्यु रियो ग्रान्डे डो सुलमा भएको थियो, जहाँ २२४ जना घाइते भएका थिए भने १४ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो ।

    सबैभन्दा बढी प्रभावित शहर मुकुममा १६ र रोका सेल्समा १० जनाको मृत्यु भएको छ ।

    ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले आइतबार उक्त क्षेत्रको भ्रमण गरी चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई करिब १६० अमेरिकी डलर क्षतिपूर्ति दिने सरकारको योजना को घोषणा गरेका छन् ।

    ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जलवायु परिवर्तनका परिणामहरूको सामना गर्न आवश्यक चरम मौसमी घटनालाई वातावरणीय एजेन्डासँग जोेडेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend