logo

२०८३ साउन १३ बुधबार

अखिल क्रान्तिकारीको विवाद समाधान

अखिल क्रान्तिकारीको विवाद समाधान


हाम्रो राष्ट्र
  • सोमबार, २५ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद मिलेको छ । सोमबार  बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै पञ्चा सिंह र पवन कार्की समूहबीचको विवाद दुई वर्षपछि अन्त्य भएको हो ।

    क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गरेका थिए । नीतिगत सहमति भएसँगै क्रान्तिकारीभित्रको विवाद समाधान भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताए ।

    क्रान्तिकारीको २१ औं सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend