logo

२०८३ साउन १३ बुधबार

मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन

मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन


हाम्रो राष्ट्र
  • मंगलबार, २६ भाद्र २०८०
  • 1K
    SHARES

    जनकपुरधाम । मधेस प्रदेशकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी यादवको मंगलबार बिहान निधन भएको हो ।

    ४४ वर्षीय यादव दुई वर्षदेखि पाठेघरको क्यान्सरबाट पीडित थिइन् । प्रदेश अस्पताल जनकपुरमा उनको उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि १० दिनदेखि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। यादव समानुपातिक सांसद थिइन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend