logo

२०८३ साउन १४ बिहिबार

परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान

परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान


हाम्रो राष्ट्र
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.1K
    SHARES

     

     

    काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको “शान्ति निर्माणमा शिक्षाको भूमिका” कार्यक्रममा सहभागी हुन उनी  मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ । उक्त कार्यक्रमपश्चात मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend