logo

२०८३ साउन १३ बुधबार

साइबेरियामा रुसी विमान ठूलो दुर्घटनाबाट जोगियो

साइबेरियामा रुसी विमान ठूलो दुर्घटनाबाट जोगियो


हाम्रो राष्ट्र
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.2K
    SHARES

    दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० मंगलबार बिहान साइबेरियाको खेतमा आपतकालीन अवतरण गरिएको छ ।

    रुसी अधिकारीहरूले नोवोसिबिर्स्क क्षेत्रको जङ्गल नजिक अवस्थित एक मैदानमा उरल एयरलाइन्सको एयरबस ३२०विमानलाई चालक दलका सदस्यले आकत्पालीन अवतरण गरेका जनाउँदै विमानमा रहेका सबैजना सकुशल रहेका बताएका छन् ।

    “सोची–ओम्स्क ‘रुट’मा उडिरहेको उराल एयरलाइन्सको एयसबस ३२० विमानको आपत्कालीन अवतरण सफलतापूर्वक सम्पन्न भयो । सबै यात्रीलाई नजिकैको गाउँमा राखिएको छ । उनीहरूमध्ये कसैलाई पनि चिकित्सा सहायता आवश्यक परेको छैन,”मस्कोको नागरिक उड्डयन निकाय रोजाभिएट्सियाले विज्ञप्ति निकालेर भनेको छ ।

    रुसको अनुसन्धान समितिले हवाई ट्राफिक सुरक्षा नियम उल्लङ्घन गरेकोमा उरल एयरलाइन्सविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ । समितिका अधिकारीहरूले विमान अवतरण गरिएको स्थानको प्रारम्भिक अनुसन्धान थालिसकेका छन् ।

    विमान कम्पनी उरल एयरलाइन्सले भने प्राविधिक समस्यका कारण आपत्कालीन अवतरण गरेको बताएको छ । उरल एयरलाइन्स येकातेरिनबर्ग शहरमा प्रधानकार्यालय रहेको रुसको आन्तरिक विमान सेवा कम्पनी हो ।

    युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्रले रुसमाथि लगाएका कठोर प्रतिबन्धका कारण उसको उड्डयन क्षेत्रमा ठूलो असर परेको छ । उड्डयन उद्योगलाई आवश्यक पर्ने उपकरण तथा पुराना विमान मर्मतका गर्न चाहिने नयाँ पार्टपुर्जाको अभावमा मस्कोले नागरिक उड्डयन ठूलो समस्या झेलिरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend