logo

२०८३ साउन १३ बुधबार

चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड

चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड


हाम्रो राष्ट्र
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.2K
    SHARES

    चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मङ्गलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ ।

    दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन । पूर्वी चीनको शान्दोङ प्रान्तको जिनानस्थित ‘इन्टरमिडिएट पिपुल्स कोर्ट’ले उक्त फैसला सुनाएको हो ।

    सन् १९९७ देखि २०२१ को बीचमा वाङले विभिन्न वित्तीय संस्थामा आफ्नो ओहदाको फाइदा उठाउँदै अरूका लागि फाइदा लिन खोजेको र बदलामा उनले ३२ करोड ५० लाख युआन (करिब चार करोड ५० लाख अमेरिकी डलर) बराबरको पैसा र बहुमूल्य सामान प्रत्यक्ष वा आफ्ना नातेदारमार्फत् गैरकानुनी रूपमा लिएको स्वीकारेका थिए ।

    उनलाई सन् २०१२ को जनवरीदेखि हङकङमा आफ्ना नातेदारले खोलेको खातामा पाँच करोड ६४ लाख २० हजार युआन बराबरको विदेशी मुद्रा जम्मा गरेको र बचत लुकाएको अभियोगमा दोषी ठहर गरिएको अदालतले जनाएको छ ।

    फैसलाबमोजिम प्रतिवादीलाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको र निजको व्यक्तिगत सम्पत्ति जफत गरिएको छ ।

    दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend