logo

२०८३ साउन १३ बुधबार

गौहत्याको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा काठमाडौंमा प्रदर्शन

गौहत्याको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा काठमाडौंमा प्रदर्शन


हाम्रो राष्ट्र
  • बुधबार, २७ भाद्र २०८०
  • 949
    SHARES

    काठमाडौं । गौहत्याको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौंमा राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेको हो ।

    सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महंगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरूप सरकारविरुद्ध प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट शुरु भएको बिरोध र्याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

    सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरे । उनले दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढ्नुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend