logo

२०८३ साउन १३ बुधबार

सुडानको डार्फरमा हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु

सुडानको डार्फरमा हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, २७ भाद्र २०८०
  • 1.1K
    SHARES

    सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ ।

    दक्षिण डार्फरको राजधानी न्यालास्थित एक अस्पतालबाट प्राप्त जानकारीमा भनिएको छ, “दुई बजार र शहरका केही क्षेत्रमा भएको हवाई आक्रमणमा परी ४० जना सर्वसाधारणको मृत्यु भएको छ ।”

    सुडानको दोस्रो ठूलो सहरमा गत महिना युद्ध चर्किएपछि दुई वटा बजारमा हवाई आक्रमण भएको र सर्वसाधारण हताहत भएको प्रत्यक्षदर्शीले यसअघि बताएका थिए ।

    सुडानको एक चौथाई जनसङ्ख्या रहेको डार्फरको विशाल क्षेत्र बुरहानका पूर्व डेपुटी मोहम्मद हमदान डाग्लोको नेतृत्वमा नियमित सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको पाँच महिना लामो युद्धमा हजारौँ मानि मारिएका छन् भने लाखौँ विस्थापित बनेका छन् ।
    सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ देखि अहिलेसम्म करिब सात हजार ५०० जनाको मृत्यु भएको छ ।

    खार्तूमको भगिनी शहर ओमदुरमानमा १७ जना सर्वसाधारणको मृत्यु भएको एक मेडिकल स्रोतले जानकारी दिएको एक दिनपछि बुधबारको आक्रमण भएको हो । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणमा आरएसएफको सम्लग्नता रहेको बताएका छन् ।

    संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कका अनुसार आइतबार दक्षिणी खार्तुममा भएको हवाई आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।

    सशस्त्र बलले खार्तूमको आकाशलाई नियन्त्रण गरिरहेको छ भने आरएसएफका लडाकूहरूले शहरका सडकहरूमा प्रभुत्व कायम राखेका छन् ।
    बुरहानको टर्की भ्रमण अगस्टको अन्त्यपछि पाँचौं विदेश भ्रमण हो । बुरहान आफ्ना पूर्व डेपुटीसँग विनाशकारी शक्ति संघर्षमा वैधताको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

    सन् २०२१ मा आरएसएफको डाग्लोसँगको सहकार्यमा भएको ‘कू’ को नेतृत्व गरेदेखि नै राष्ट्रप्रमुखको भूमिका खेलिरहेका सेना प्रमुखले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग ‘द्विपक्षीय सम्बन्ध र त्यसलाई बलियो बनाउने उपाय’ बारे छलफल गर्ने बुरहानको कार्यालयले जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्धका कारण ५० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये १० लाख सीमा पार गरेर भागेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend