logo

२०८३ साउन १४ बिहिबार

सुडानका लागि राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसद्वारा राजीनामा

सुडानका लागि राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसद्वारा राजीनामा


हाम्रो राष्ट्र
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.1K
    SHARES

    सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि भोल्कर पर्थेसले पदबाट राजीनामा दिएका छन् । संयुक्त राष्ट्रसंघीय सुडानका राजदूत पर्थेसले खार्तूममा सेना र अर्धसैनिक समूहबीच पाँच महिनादेखि जारी द्वन्द्वका बीच बुधबार राजीनामाको घोषणा गरेका हुन् ।

    उनले सुडानको द्वन्द्व व्यवस्थापनका लागि जिम्मेवारी दिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसप्रति आभार व्यक्त गर्दै यो अवधिमा आफूले सम्भावित सबै भूमिकाको निर्बाह गरेको बताएका छन् ।

    ‘त्यो अवसर र ममाथिको विश्वासका लागि म महासचिवप्रति आभारी छु, तर मैले उहाँसँग यो कर्तव्यबाट मुक्त गर्न आग्रह गरेको छु,” पर्थेसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै भनेका छन् । सुडान सन्दर्भलाई जोड्दै उनले भने, “यो द्वन्द्व पूर्ण गृहयुद्धमा परिणत हुन सक्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend