logo

२०८३ साउन १३ बुधबार

पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस् : अध्यक्ष ओली

पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस् : अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शनिबार, ३० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तासँग नयाँ धेरै चीज रहेको बताएका छन् । शनिवार भक्तपुरमा भएको बासँग बालबालिका कार्यक्रममा अध्यक्ष ओलीले नयाँबाट सबैले सिक्नुपर्ने बताएका हुन् ।

    अध्यक्ष ओलीले नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई साथ नदिन बालबालिकालाई आग्रह गरे । उनले भने,’स-साना बालबालिकाले आयोजना गरेको कार्यक्रम, कस्तो राम्रो व्यवस्थापन ! नयाँ पुस्तासँग नयाँ धेरै छ, सबैले सिक्नु पर्छ । नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ । पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस् । मेहनती बन्नुस् ।’

    उनले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेकाले युवा हस्तक्षेपको आवश्यकता रहेको बताए । उनले सुशासनको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रहेकाले यसपछि देश सुध्रिने बाटोमा जानैपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend