logo

२०८३ कार्तिक १२ बुधबार

देशभरका अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

देशभरका अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा


हाम्रो राष्ट्र
  • शनिबार, ३० भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । शनिबार साँझ संघले विज्ञप्ति जारी गरी आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो ।

    गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो । सम्पूर्ण दोषीहरूलाई कानुनी दायरामा नल्याएको भन्दै संघले आइतबारदेखि आन्दोलनको घोषणा गरेको हो ।

    दोस्रोमा हेटौंडा अस्पतालमा भएको घटनामा संलग्न सबै दोषीहरूको छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता गर्न माग गरेको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend