logo

२०८३ साउन १४ बिहिबार

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प


हाम्रो राष्ट्र
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालका आकस्मिबाहेकका सेवा ठप्प भएका छन् । देशभरका अधिकांश अस्पतालले आज बिहानदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् ।

    नेपाल चिकित्स संघले शनिबार विज्ञप्ति जारी गरी आइतबारदेखि आइतबारदेखि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने बताएको थियो । संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ ।

    सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरिएको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    संघले देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु माग पनि राखेको छ । संघको आह्वानमा अस्पताल बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend