logo

२०८३ साउन १३ बुधबार

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित


हाम्रो राष्ट्र
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । आइतबार साँझ भएको सहमतिसँगै चिकित्सकहरूले थालेको आन्दोलन स्थगित भएको छ ।

    चिकित्सकहरुको आन्दोलनका कारण आइतबार आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएका थिए । हेटौँडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले आन्दोलन थालेका थिए । आन्दोलनरत चिकित्सकसँग वार्ताका लागि स्वास्थ्य मन्त्रालयले वार्ता समिति बनाएको थियो ।

    सन्चो अस्पतालमा ड्युटीमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । उक्त घटनामा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका पाँच जनासहित अन्य दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । त्यस्तै स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको कार्यान्वयन गर्न सरकारले प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend