logo

२०८३ साउन १४ बिहिबार

शिक्षा विधेयकमा हाम्रो नि असहमति छ, तर पठनपाठन बन्द गरे कारबाहीः मेयर साह

शिक्षा विधेयकमा हाम्रो नि असहमति छ, तर पठनपाठन बन्द गरे कारबाहीः मेयर साह


हाम्रो राष्ट्र
  • बुधबार, ३ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षा विधेयकलाई स्वीकार गर्न नसकिने बताएका छन् । बुधबार सामाजिक संजालमार्फत मेयर साहले विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो भएको बताएका हुन् ।

    आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेको भन्दै मेयर साहले शिक्षा विधेयक संवैधानिक प्रावधानविपरीत रहेकाले कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।

    उनले भनेका छन्, ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’

    तर मेयर साहले विद्यालयको पठनपाठन बन्द गरेर आन्दोनलमा गए शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १० हजार भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन्, छन् । तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अबरोध नपुर्याउनु होला । यस्ता अबरोध पुर्याउनेहरुलाइ कानुन(संविधान ) अनुसार कारबाही हुनेछ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend