logo

२०८३ साउन १३ बुधबार

विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलाई महामन्त्री थापाको आग्रह

विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलाई महामन्त्री थापाको आग्रह


हाम्रो राष्ट्र
  • बिहिबार, ४ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक संसदले सच्याउने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महामन्त्री थापाले विधेयकमा थुप्रै सुधार आवश्यक रहेकाले संसदले यसलाई सच्याउने भएको शिक्षकहरुलाई विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् ।

    उनले भनेका छन्, ‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौं । अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend