logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण एकसाताको हुने

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण एकसाताको हुने


हाम्रो राष्ट्र
  • बिहिबार, ४ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको २३ देखि ३० सेक्टेम्बरसम्म सातदिने भ्रमणको औपचारिक घोषणा गरेको हो ।

    यसअघि प्रधानमन्त्री दाहालले छिमेकी देश चीनको भ्रमण गर्ने भनिए पनि औपचारिक घोषणा भएको थिएन । प्रचण्ड चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चीन भ्रमणमा जान लागेका हुन्।

    परराष्ट्र मन्त्रालयका अनुसार एकसाताको भ्रमणमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नेछन् । बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend