logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता


हाम्रो राष्ट्र
  • शनिबार, ६ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । शनिबार चीनको हाङ्चाउको स्टेट गेस्ट हाउसमा संक्षिप्त भेटवार्ता भएको हो ।

    उनीहरूबीच द्विपक्षीय भेटवार्ता भने हुन बाँकी छ । एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार हाहाङ्जाओ पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै चीन पुगेका हुन् । एसियन गेम्सको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी सहर बेइजिङ जाने कार्यक्रम छ । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

    भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend