काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रमा आन्दोलनरत सबैको आवाज सुन्नुपर्ने बताएका छन् । आइतबार सामाजिक संजालमार्फत महामन्त्री थापाले राष्ट्रिय सभागृह बाहिर छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईः लगायतका साथीहरुको आवाज सुन्नुपर्ने बताएका हुन् ।
उनले यस विषयमा काठमाडौं महानगपालिकाका मेयर बालेन साहसँग भेटेरै कुरा गर्ने कोसिस गरिरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय सभागृह बाहिर आज छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईः लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु। लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ। ईः लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी ’Street Vendors’ को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन् । सँगै बसेर कुरा गरेपछि,एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यस कारण मेरो आग्रह छ–निर्वाचित सरकारसंग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस्।’
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend