काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन काठमाडौंमा सुरु भएको छ। विभिन्न ठाउँबाट र्यालीसहित सहभागीहरु उद्घाटनस्थल भृकुटीमण्डप आउने क्रम जारी रहेको छ। दुई दिन चल्ने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व समेत चयन गर्नेछ। एमालेको लुम्बिनीपछि दोस्रो प्रदेश अधिवेशन हो । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११ सय ३८ प्रतिनिधि छनोट भएका छन् ।
सर्वसम्मत नेतृत्व चयनको अभ्यास लुम्बिनीमा सफल नभएकाले बागमतीमा समेत उम्मेदवारहरुले प्रतिस्पर्धाको तयारी गरेका छन् । अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी लगायतले आकांक्षा देखाएका छन्।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend