logo

२०८३ साउन १५ शुक्रबार

८४ मा एमालेको एकल बहुमतः अध्यक्ष ओली

८४ मा एमालेको एकल बहुमतः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • सोमबार, ८ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार सुन तस्करको संरक्षणमा लागेको आरोप लगाएका छन् । सोमबार बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न नचाहेको आरोप लगाएका हुन् । उनले असोज पाँच गते जाँचबुझ आयोग गठन गर्ने सहमति भएपनि सरकार त्यसबाट भाग्न खोजेको बताए ।

    अध्यक्ष ओलीले यसबाट सरकार सुन तस्करी प्रकरणको छानबिन गर्न पाइँदैन भन्ने पक्षमा देखिएको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई गिरिबन्धु टिस्टेटको फाइल खोल्न चुनौती दिए । गिरिबन्धुको फाइल खोलेपनि गठबन्धनकै नेताहरु नै जेल जाने ओलीको दाबी थियो ।

    उनले मिसन ८४ लाई सफल पार्न यो अधिवेशन कोशेढुंगा सावित हुने बताए । अध्यक्ष ओलीले भने,’अब हामी कसरी अगाडि बढ्छौं र मिसन ८४ लाई कसरी सफल पार्छौं यस कुरामा यस अधिवेशनले ऐतिहासिक योगदान नगर्ने छ।’

    अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरे । उनले भने, ‘विरोधीहरुले बुझे हुन्छ, सबै एकगठ भए हुन्छ । तर मिसन ८४ ले एमालेले एकल बहुमत ल्याउँछ ।’

    चुनावमार्फत एमालेले जवाफ दिने भन्दै उनले एमाले मरेको बिरालोजस्तो नभएर ज्युँदो बाघ भएर अघि बढ्ने बताए । अध्यक्ष ओलीले आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेर सहमति गरेको बताए ।

    उनले भने, ‘सरकारलाई ढुक्क लागेको होला शिक्षकभित्र स्थायी, अस्थायी, करारावाला भनेर विभाजन गरेँ, केहीलाई फिर्ता गरेँ, केहीलाई सडकमा पठाएँ, कमजोर भयो भनेर । । म सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ तर सत्य विभाजित हुँदैन।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend