logo

२०८३ कार्तिक १२ बुधबार

नेपाली चलचित्रले पनि अब बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

नेपाली चलचित्रले पनि अब बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने


हाम्रो राष्ट्र
  • सोमबार, ८ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली चलचित्रले पनि बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने भएको छन् । चलचित्रको डिजिटल रिलिजमा अग्रणी स्थान लिएको कम्पनी मध्येको एक अमेरिकन कम्पनी ’रिलिज वर्ल्ड’ले हालै मात्र एसियाका चलचित्र प्रदर्शन गर्ने बाटो खुल्ला गरेको हो ।

    ‘रिलिज वर्ल्ड’ ले विश्वका चर्चित नेटफ्लिक्स, एमेजोन प्राइम भिडियो लगायतका ३ सय भन्दा बढी ओ.टि.टी. प्लेटफर्महरुमा अब एकसाथ नेपाली चलचित्रहरू पनि प्रदर्शन गराउनेछ । यो कम्पनिले आफ्नो प्लेटफर्ममा चलचित्र प्रदर्शन गर्दा ५ बिलियन अमेरिकी डलरसम्म आम्दानी गरेर आफ्नो रेकर्ड राख्न सफल छ ।

    एसिया हेर्ने मुख्य कार्यालय मुम्बईमा रहेको यो कम्पनीको तर्फबाट नेपालको फिल्म वितरण तथा निर्माण कम्पनी नमस्ते इन्टरटेन्मेन्टले नेपाली चलचित्रलाई उक्त प्लेटफर्ममा रिलिज गराउनेगरि आधिकारिकता लिएको छ । हालै उक्त कम्पनीका प्रमुख फिल्म निर्देशक शिव घिमिरेले नेपाली फिल्मको लागि आधिकारिकता हासिल गरेका हुन् ।

    अब ५५ भन्दाबढी भाषामा नेपाली फिल्मलाई ओटिटीमा पुर्याउन यो कम्पनीले सघाउनेछ । विश्वभरि छरिएर बसेका नेपाली फिल्मप्रेमी दर्शकहरुले सर्च इन्जिनमार्फत सजिलै उनीहरुले प्रयोग गर्ने ग्याजेटहरुमा चलचित्र हेर्न सक्ने छन् । आफ्नो जीवन नै नेपाली चलचित्रमा समर्पित भएको हुनाले अथक प्रयासका साथ यो प्रविधि नेपाल भित्राउन सफल भएको बताए ।

    नेपाली चलचित्रका निर्माताहरुले रिलिज वर्ल्डमा चलचित्र प्रदर्शन गर्न के गर्नुपर्छ र उनीहरुले आफ्नो चलचित्रको आम्दानी कसरी प्राप्त गर्छन् भन्ने प्रश्नको उत्तरमा घिमिरे भन्छन्ः विश्वका विकसित देशका निर्माताहरुको पहिलो रोजाइको रुपमा रहेको www.releasesworld.com    आफैंले लग इन गरी आफुले चाहेको डेटमा चलचित्र रिलिज गर्न सकिनेछ । साथै चलचित्रबाट भएको आम्दानी कहाँबाट कति भयो कुन देश मा चलचित्रले कति व्यापार गर्यो भन्ने कुरा स्वयंम निर्माताको लग इन एकाउन्टमा हेर्न सकिने घिमिरेले बताए ।

    नेपालमा सिनेमा हलबाहेक सम्पूर्ण डिजिटल राइट ९९ वर्षको लागि बेच्ने प्रचलन रहँदा यस्तो अवस्थामा निर्माताहरुले कसरी रिलिज वर्ल्डमा चलचित्र प्रदर्शन गर्न सक्छन् ? घिमिरे भन्छन्, ’यो हाम्रो नेपाली चलचित्र उद्योगको लागि दुर्भाग्यपूर्ण हो की कुनै पनि देशमा कसैले सिर्जना गरेको बौद्धिक सम्पति ९९ बर्षसम्म बेच्ने प्रचलन कहीँ कतै छैन र अब निर्माताहरुले यस्तो कुरामा सचेत भएर अघि बढ्नुपर्ने बेला आएको छ ।’

    विश्वबजारमा चलचित्रको व्यापारको ७० प्रतिशत हिस्सा ओ.टि.टी प्लेटफर्महरुले ओगिटिसकेको अवस्थामा औसत नेपाली चलचित्रले जनसङख्याको आधारमा २० देखि ५० करोडको व्यापार गर्नुपर्ने हुन्छ तर त्यसको १० प्रतिशत व्यापार पनि गर्न सकिरहेको छैन, घिमिरेले भने यसैको लागि पनि यो प्लेटफर्म कोशेढुङगा साबित हुनसक्छ ।

    नेपाली फिल्म युट्युव र केही नेपालकै ओटिटी फ्लेटफर्म बाहेक रिलिज नहुने हुँदा निर्माताले राम्रो फिल्म बनाउँदा पनि सोचेअनुसारको बजार पाउन नसकेको अवस्थामा इन्टरनेशनल रूपमा ओ.टि.टी.मा चलचित्र प्रदर्शन गर्दा २५ देखि ३५ प्रतिशत सम्म व्यापार बृद्धि गर्न सकिने सम्बन्धित कम्पनिले दाबी गरेको छ । निर्देशक घिमिरे भन्छन्, ‘फेसबुक र युटुवमा ५० लाख दर्शकले चलचित्र हेरे भने ५० देखि १ करोड भन्दा बढी रकम प्राप्त गर्न सक्दैनन् तर यही दर्शकले ओ.टि.टी प्लेटफर्ममा यसरी नै चलचित्र हेर्दा २७ देखि ३२ करोडको व्यापार हुन जान्छ, नेपाली निर्माताले समयमै यो बारेमा सोच्न जरूरी छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend