logo

२०८३ असोज ८ बिहिबार

अभियन्ता ईः ले उठाएका मागमा कमल थापाको ऐक्यबद्धता

अभियन्ता ईः ले उठाएका मागमा कमल थापाको ऐक्यबद्धता


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जवाफदेहीताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईः को काममा ऐक्यबद्धता जनाएका छन् ।

    मंगलबार राष्ट्रियसभा गृहको गेटमा पुगेर अध्यक्ष थापाले ईः सँग भेट गरी उनको काममा ऐक्यबद्धता जनाएका हुन् । थापाले भनेका छन्, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ । ईः ले उठाएका मुद्दा जायज छन् ।’

    अध्यक्ष थापाले फुटपाथमा जथाभावी पसल थाप्न दिन नमिल्ने तर उनीहरुको व्यवसायको निम्ति भने उचित स्थान दिनुपर्ने बताएका छन् ।

    थापाले भने, ‘सडक,फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend