logo

२०८३ साउन १३ बुधबार

एमाले बागमती प्रदेश अधिवेशनः कैलाश र कृष्णबीच प्रतिस्पर्धा, तीन जनाको उम्मेदवारी फिर्ता

एमाले बागमती प्रदेश अधिवेशनः कैलाश र कृष्णबीच प्रतिस्पर्धा, तीन जनाको उम्मेदवारी फिर्ता


हाम्रो राष्ट्र
  • बिहिबार, ११ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएकोमा बिहीबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका पाण्डेले ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् भने श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्ने बताएका छन् । बिहीबार चुनाव हुने भनिए पनि चुनाव अब शुक्रबार मात्र हुने कार्यतालिका सार्वजनिक भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend