logo

२०८३ साउन १५ शुक्रबार

प्रधानमन्त्रीको विदेश भ्रमण एकदमै फुर्सदिलो देखियोः अध्यक्ष ओली

प्रधानमन्त्रीको विदेश भ्रमण एकदमै फुर्सदिलो देखियोः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ असोज २०८०
  • 1.3K
    SHARES

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले विकल्प खोज्नुपर्ने बताएका छन् ।

    कोसी प्रदेश अधिवेशन उद्घाटनका लागि शुक्रबार विराटनगर पुगेका अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दलहरुले अब यो सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन् । उनले एमाले भने सरकारमा जान नचाहेको बताए । उनले गठबन्धन सरकार भनिए पनि कांग्रेस भएको अनुभूति नभएको बताए ।

    अध्यक्ष ओलीले प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक नभएको बताए । उनले प्रधानमन्त्रीको विदेश भ्रमण एकदमै साधारण र फुर्सदिलो देखिएको बताए ।

    १७ दिनसम्म संसद बैठक स्थगित गरेर गरिएको भ्रमण पनि उपलब्धिमूलक नहुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो । त्यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा यो प्रचण्डको अन्तिम विदेश भ्रमण पनि हुन सक्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend