logo

२०८३ असोज ८ बिहिबार

चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • शनिबार, १३ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर शनिबार स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट असोज ६ गते चीन पुगेका थिए ।

    उनी शनिबार छेन्दुबाट काठमाडौं फर्किएका हुन् । चीन भ्रमणमा द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् ।

    छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । उनको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्य थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend