logo

२०८३ असोज ८ बिहिबार

यस्तो छन् प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका उपलब्धी

यस्तो छन् प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका उपलब्धी


हाम्रो राष्ट्र
  • शनिबार, १३ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् । शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले नेपालको विकासको प्रयासमा चीनसँगको साथका विषयमा खुलेर कुरा भएको बताएका हुन् ।

    उनले द्विपक्षीय भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई उचाई दिन र विगतका सम्झौता कार्यान्वयन गर्न मद्दत पुगेको बताए । उनले चीन भ्रमणले दुई देशबीच आपसी विश्वास बढेको समेत बताए ।

    प्रधानमन्त्रीले चिनियाँ समकक्षीबीच भएको वार्ताले नेपालको उत्तरीसीमा प्रशारण लाइन, सौर्य प्रणाली जडान, सीमा नाका पुन : सञ्चालन, कृषि, पोखरा विमानस्थलमा चीनका शहरबाट हवाई सञ्चालन गर्ने लगायतको सम्झौता भएको बताए। उनले विभिन्न १२ वटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिए ।

    उनले भने, ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको द्विपक्षीय भेटवार्तापश्चात नेपाल–चीनबीचको सम्बन्ध थप उचाई दिन मद्दत पुगेको छ। चीन र नेपालबीच विगतमा भएका समझदारी कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको छ।’

    भ्रमणका उपलब्धिलाई प्रधानमन्त्रीले ४० बुँदामा समेटेका छन् । प्रधानमन्त्री भदौ ३० गते अमेरिका उडेका थिए भने उतैबाट असोज ५ गते चीन पुगेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend