logo

२०८३ साउन १३ बुधबार

एमालेको कोशी प्रदेश अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालको उम्मेदवारी दर्ता

एमालेको कोशी प्रदेश अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालको उम्मेदवारी दर्ता


हाम्रो राष्ट्र
  • शनिबार, १३ असोज २०८०
  • 1.4K
    SHARES

    विराटनगर । नेकपा एमालेको कोशी प्रदेशको अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार अपराह्न साढे ४ बजेसम्मका लागि मनोनयन दर्ताको समय छुट्याइएको थियो ।

    एमाले कोशी प्रदेश अधिवेशनले नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मको समय छुट्याइएको छ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २ सय १५ सदस्यीय हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend