logo

२०८३ साउन १३ बुधबार

परिस्थिति झन् खराब हुन नदिन एकीकृत समाजवादीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

परिस्थिति झन् खराब हुन नदिन एकीकृत समाजवादीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


हाम्रो राष्ट्र
  • शनिबार, १३ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले देश आर्थिक संकटमा गएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । शनिबार बिहान चीन भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा  भेटेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्ञापनपत्र बुझाएका छन् ।

    ज्ञापनपत्रमा देश आर्थिक संकटमा परेको, वित्तीय संकट चुलिएको र युवा पलायन भएको भन्दै चिन्ता प्रकट गरिएको छ । साथै यी समस्या समाधान गरी आमजनतालाई आस्वस्त बनाउने काम सरकारको भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आर्थिक संकट, बेरोजगारी, महँगी जस्ता समस्याले चरम निराशा छाएको समेत एकीकृत समाजवादीको निष्कर्ष छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend