काठमाडौँ र नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले जानकारी दिए । उनले पहिलो निर्देशकीय चलचित्रमा पौराणिक सन्दर्भलाई समेत जोडिएको बताए ।
उनले भने, “हाम्रो विषयवस्तुअनुसार नै हामीले यो समयमा चलचित्र प्रदर्शन गरेका छौँ । मेरो पहिलो निर्देशकीय चलचित्र भएकाले पनि सक्दो मेहनत गरेको छु । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने हाम्रो उद्देश्य हो ।”
चलचित्रमा उनीसँगै आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।
निर्देशक गिरीले नै लेख्न भएको चलचित्रमा विनोद सापकोटाले छायांकन, जोन तामाङले सङ्गीत, प्रवीन ढकालले रङ्ग संयोजन, नारायण रिजालले नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीले द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र बन्दे प्रसादले सम्पादन गर्नुभएको छ । युवराज गिरीले निर्माण गर्नुभएको चलचित्रको वितरण काठमाडौँमा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) र एफडी कम्पनीले गरेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend