logo

२०८३ साउन १३ बुधबार

यस्तो छ ‘दुई कदम’ को टिजर

यस्तो छ ‘दुई कदम’ को टिजर


हाम्रो राष्ट्र
  • सोमबार, २९ असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’ को टिजर सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता इओन लिम्बु र सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

    अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मालगायत कलाकारको अभिनय छ।

    फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईको पनि विशेष भूमिका रहेको छ । फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्। यो फिल्म मंसिर २९ गतेदेखि प्रदर्शन हुनेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend