logo

२०८३ साउन १३ बुधबार

होली : पर्यटकीय राजधानी पोखरामा झुमे विदेशी पर्यटक (फोटोफिचर)

होली : पर्यटकीय राजधानी पोखरामा झुमे विदेशी पर्यटक (फोटोफिचर)


हाम्रो राष्ट्र
  • आइतबार, ११ चैत्र २०८०
  • 2.7K
    SHARES

    ljb]zL ko{6s xf]nLdf /dfpFb} cGgk"0f{ -sf:sL_, !! r}t M xf]nL k"l0f{dfsf] cj;/df cfOt/af/ kf]v/fdf xf]nL v]n]/ /dfpFb} :jb]zL tyf ljb]zL ko{6s . tl:a/ M wgaxfb'/ u'?ª÷/f;;
    काठमाडौं । देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव  आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरु अनुहारमा दलेर रमाएका हुन् ।
    विभिन्न देशका पर्यटकहरुले एकापसमा रङ्ग दलेर होलीमा रमाइलो गरे । होली महोत्सवअन्तर्गत अम्मट चौतारामा आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई सामूहिक रुपमा होली खेलिएको थियो । पञ्चेबाजा र गीत–सङ्गीतका साथमा होली मनाइएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताउनुभयो ।
    पर्यटक होली खेल्दै गौरीघाट, बाराहीचोक–हल्लनचोक हुँदै खहरेचोकसम्म पुगेका थिए । पोखरामा पाँच सय विदेशी पर्यटक होलीमा रमाएको रेवानले जनाएको छ ।
    रेवानका अध्यक्ष भट्टराईले विगतदेखि नै होली पर्वमा विदेशी पर्यटकले रमाइलो मानेर सहभागी हुने गरेको बताउनुभयो । रेवानले एक दशकअघि देखि होली महोत्सव आयोजना गर्दै आएको छ । होलीमा रमाइलो गर्नका लागि भनेर कतिपय पर्यटकले पोखराको बसाइ लम्ब्याउने गरेको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशी मात्र होइन विदेशी पर्यटक होलीमा रमाउने गरेका छन् । कतिपय पर्यटकले आफ्नो देश फर्कने तालिका पछि सारेर होलीका लागि बस्ने गरेका छन् ।”
    चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशका पर्यटक होलीमा रमाएका हुन् । पर्यटकलाई रमाइलो गराउनका लागि लेकसाइडको सडकमा पञ्चेबाजा, विभिन्न अङ्ग्रेजी गीत–सङ्गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।
    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फागू पूर्णिमा मनाउनका लागि स्वदेशी पर्यटकको  गन्तव्य पोखरा बनेको बताउनुभयो ।  होलीका लागि देशका विभिन्न भागबाट पर्यटक यहाँ आएको उहाँले जानकारी दिनुभयो । होली मनाउने उपयुक्त गन्तव्य पोखरा बन्दै गएको छ । यहाँ भएका विदेशी मात्र होइन, स्वदेशी आउने गरेका छन् । रासस

    xf]nLdf ljb]zL ko{6s
    kf]v/f, !! r}t M xf]nL k”l0f{dfsf] cj;/df cfOt/af/ kf]v/fsf] n]s;fO6 xf]nL v]n/ /dfpFb} ljb]zL ko{6s . tl:a/ M /flwsf sF8]n÷/f;;

    n]s;fO6df xf]nLsf] /f}gs
    kf]v/f, !! r}t M xf]nL k”l0f{dfsf] cj;/df cfOt/af/ kf]v/fsf] n]s;fO6 gfrufg ub}{ :jb]zL tyf ljb]zL . tl:a/ M /flwsf sF8]n÷/f;;

    xf]nLdf ljb]zL ko{6s /dfpFb}
    sf:sL,!! r}t M g]kfnsf] ko{6sLo ;x/ kf]v/fsf] n]s;fO8df cfOtaf/ Psfk;df /+u bn]/ xf]nL v]n]/ /dfpFb} ljb]zL ko{6s . tl:a/ M s[i0f bjf8L÷/f;;

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend