logo

२०८३ साउन १५ शुक्रबार

कांग्रेस नेत्री डा राणाको सफल शल्यक्रिया

कांग्रेस नेत्री डा राणाको सफल शल्यक्रिया


हाम्रो राष्ट्र
  • बिहिबार, १५ चैत्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौँ, १५ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको हाइपर प्याराथ्रोइडिज्मको शल्यक्रिया भएको छ ।

    चिकित्सकहरुको सल्लाहअनुसार उहाँको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल, सकेटमा बुधबार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँका स्वकीय सचिव कमल रावलले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिनुभएको छ । उहाँमा विगत दुई वर्षदेखि स्वास्थ्य समस्या देखिएपछि भारतको नयाँ दिल्लीस्थित सो अस्पतालमा फलोअप उपचार गराउँदै आउनुभएको थियो । सांसद डा राणा चैत २ गते सङ्घीय संसद् सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली जानुभएको सो विज्ञप्तिमा जनाइएको छ ।

    हाल डा राणाको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुले थप परामर्शका लागि अझै केही समय अस्पतालमै रहनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend