logo

२०८३ कार्तिक १२ बुधबार

चलचित्र क्षेत्रमा लगानी गर्ने नीति बनाउन अगुवाई गर्छु : सांसद शाह

चलचित्र क्षेत्रमा लगानी गर्ने नीति बनाउन अगुवाई गर्छु : सांसद शाह


हाम्रो राष्ट्र
  • आइतबार, १८ चैत्र २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सभा सदस्य राजिव विक्रम शाहले चलचित्र क्षेत्रमा लगानी गर्न र नीति बनाउन अगुवाई गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिवार सुर्खेतमा भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८० को एक दिने विशेष कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने उद्देश्यका साथ केही दिन पहिले महोत्सव शुभारम्भ भएको थियो ।

    सो अवसरमा शाहले गजल सुनेर आनन्दित भएको पनि बताउनुभएको छ । कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, रास्वपा सांसद सोविता गौतम, कर्णाली प्रदेश सांसद, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिले चलचित्र क्षेत्रको विकास र प्रवद्धर्नमा सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend