logo

२०८३ साउन १५ शुक्रबार

नेपाल आइडल सिजन ५ को विजेता बर्दियाका करण परियार

नेपाल आइडल सिजन ५ को विजेता बर्दियाका करण परियार


हाम्रो राष्ट्र
  • शनिबार, ९ असार २०८१
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल आइडल सिजन ५ ले विजेता पाएको छ । सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । जितसँगै परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका छन । त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए । गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गरेका छन् । विजेताहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ट्रफी प्रदान गरे । एपीवान टेलिभिजनले निर्माण गरेको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend