logo

२०८३ असोज ६ मंगलबार

मैत्रीपूर्ण खेलमा भारत र नेपाल बराबरीमा

मैत्रीपूर्ण खेलमा भारत र नेपाल बराबरीमा


हाम्रो राष्ट्र
  • बुधबार, ३ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतसँग २-२ गोलको बराबरी खेलेको छ। बुधबार चेन्नइस्थित जवारलाल नेहरू रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

    दोस्रो हाफमा रोमाञ्चक बनेको खेलको ५६औं मिनेटमा सौम्याले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन्। उनले त्यसको १२ मिनेटपछि भारतीय कप्तान इन्दुमति काथिरेसनले गरेको गोलसँगै नेपाल २-० ले पछि परेको थियो।

    यद्यपि, अन्तिमको दुई मिनेटमा नेपालले दुई गोल गरेसँगै खेल बराबरीमा टुङ्गिएको हो। स्थानीय टिमसामू निरन्तर दबाबमा परेको नेपालका लागि सावित्राले निर्धारित समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेकी थिइन्।

    त्यसको तीन मिनेट नबित्दै इन्जुरी समयमा पुनः सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाउन सफल भइन्। आज नेपालले दक्षिण एसियाको प्रमुख प्रतिद्वन्द्वी भारतसँग यो भ्रमणको पहिलो खेल खेलेको हो। शनिबार भारतसँगै दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल खेलेर नेपाली टिम स्वदेश फर्किने छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend