logo

२०८३ साउन १४ बिहिबार

ताजिकिस्तानमा हिमपहिरोमा परी दश जनाको मृत्यु

ताजिकिस्तानमा हिमपहिरोमा परी दश जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, ३ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    ताजिकिस्तानमा बुधबार आएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो–बदख्शानमा हिमपहिरोमा परी नौ जनाको मृत्यु भएको उक्त देशको विपत् व्यवस्थापन सेवाले जनाएको हो ।

    त्यसैगरी, विशाल पामिर पर्वतले घेरिएका कम जनसङ्ख्या भएको राजधानी दुशान्बे नजिकैको राजमार्गमा हिमपहिरोमा परी अन्य एक जनाको मृत्यु भएको छ ।

    यसैबीच, ताजिकिस्तानका राष्ट्रपति एमोमाली रहमोनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । पूर्व सोभियत सङ्घको सबैभन्दा गरिब राष्ट्रमध्येको एक ताजिकिस्तानले नियमित रूपमा पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपको सामना गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend