logo

२०८३ साउन १४ बिहिबार

श्रीलङ्कामा विद्युत् महसुल वृद्धि गर्न सरकारको अनुमति

श्रीलङ्कामा विद्युत् महसुल वृद्धि गर्न सरकारको अनुमति


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 2.2K
    SHARES

    श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ ।

    आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा रहेको विद्युत उत्पादक सिलोन इलेक्ट्रिसिटी बोर्ड (सीईबी) बाट घाटाबाट बच्नका लागि विद्युत शुल्कमा ६६ प्रतिशत वृद्धि गर्ने प्रस्ताव आएको थियो । आयोगलाई सम्झौतामा आउन करिब छ हप्ता लागेको छ ।

    श्रीलङ्काको सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा सीईबीले १५२ अर्ब भारु बराबरको नोक्सानी व्यहोरेको थियो ।

    श्रीलङ्काले सन् २०२२ को अगष्टमा विद्युत् महसुलमा ७५ प्रतिशतले वृद्धि गरे घाटामा रहेको भन्दै जनवरी २०२३ मा मन्त्रीपरिषद्लाई जानकारी गराएको थियो ।

    त्यसपछि मन्त्रीपरिषद्ले अर्को शुल्क वृद्धिलाई अनुमति दिएको थियो । आयोगले कुनै पनि शुल्क परिवर्तनहरू कार्यान्वयन गर्नुअघि अनुमति सरकारबाट स्वीकृति प्राप्त गर्नुपर्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend