logo

२०८३ साउन १३ बुधबार

मोडर्न कन्या कलेजमा तीज विशेष कार्यक्रम सम्पन्न

मोडर्न कन्या कलेजमा तीज विशेष कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • शनिबार, १५ भाद्र २०८१
  • 5.4K
    SHARES

    काठमाडौं । मोडर्न कन्या मल्टिपल कलेजले हाम्रो तीज राम्रो तीज कार्यक्रम सम्पन्न गरेको छ । आज भएको कार्यक्रममा वरिष्ठ कलाकार‚ साहित्यकार‚ गीतकार‚ गायिका‚ नायिका‚ र पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । प्रमुख अतिथिहरूमा वरिष्ठ कलाकार रश्मि भट्ट‚ नायिका अनु शाह‚ गायिका रीतु कडेल‚ महिला निर्देशक सुचित्रा श्रेष्ठ‚ र नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोख्रेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

    कार्यक्रममा कलेजका अध्यक्ष डा. रामप्रसाद दाहालले तीजको महत्व र सांस्कृतिक पक्षमा प्रकाश पार्नुभएको थियो । प्रा. कल्पना खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा छात्राहरूले तीज नृत्य प्रस्तुत गरेका थिए‚ जसमा पाहुनाहरू पनि सामूहिक नृत्यमा रमाए । सो अवसरमा कलेज परिचय विमोचन गरिनुका साथै नायिका अनु शाहलाई सम्मान गरिएको थियो । उदघोषण उप प्रा. कोपिला कोइरालाले गर्नुभएको थियो । कार्यक्रमको समापनपछि तीज दरको व्यवस्था समेत गरिएको थियो‚ जसको सौजन्य साहित्यकार तथा शिक्षासेवी रमेशमोहन भट्टराईले गर्नुभएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend