logo

२०८३ साउन २८ बिहिबार

बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री शाह

बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री शाह


हाम्रो राष्ट्र
  • बुधबार, १९ भाद्र २०८१
  • 4.9K
    SHARES

    काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सो अवसरमा आयोजित विशेष कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाह प्रमुख अतिथि रहनुभएको थियो ।

    कार्यक्रममा बोल्दै मन्त्री शाहले वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएकोमा बधाई दिँदै बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालमैत्री समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । भेरी नगरपालिका र वडा कार्यालयले बालमैत्री वडा घोषणा गर्नमा अहोरात्र खटिएकोमा मन्त्री शाहले प्रशंसा गर्नुभएको थियो । साथै‚ बालक्लब‚ बुद्धिजीवी‚ पाँचतारा युवा संरक्षक मञ्च र वर्ल्ड भिजन इन्टरनेसनल नेपाललगायतका संस्थाहरूको योगदानको पनि प्रशंसा गर्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend