logo

२०८३ साउन १३ बुधबार

‘सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुग्नेगरी तिज मनाउनुपर्छ’

‘सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुग्नेगरी तिज मनाउनुपर्छ’


हाम्रो राष्ट्र
  • बिहिबार, २० भाद्र २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिजको सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुुग्नेगरी पर्व मनाउनुुपर्नेमा जोड दिनुुभएको छ ।

    नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

    “समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्ने, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने, सामाजिक, धार्मिक परम्परालाई दिगो बनाउने गरी तिज मनाउन प्रदेश सरकारको तर्फबाट अपिल गर्दछु”, उहाँको सन्देशमा भनिएको छ ।

    हरितालिका तिज एक सनातन सांस्कृतिक पर्वका रुपमा नेपाली महिलाले मनाउँदै आउनुभएको भन्दै मुख्यमन्त्री पाण्डेले “यस पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै परिवारको सुख, स्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ”, भन्नुुभएको छ ।

    हरितालिका तिजले समाजमा विद्यमान विभेद र सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणमा सबैलाई प्रेरित गर्न सकोस् भन्ने मुख्यमन्त्रीले कामना गर्नुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend