logo

२०८३ साउन १४ बिहिबार

प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण


हाम्रो राष्ट्र
  • सोमबार, २४ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ । बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो ।

    आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौँ । यसले सेवाग्राहीलाई सहज बनाउने छ ।”

    काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हरिलाल तण्डुकारले वडाले स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले सुत्केरीका लागि ‘सुत्केरी पार्क’ बनाउने प्रतिबद्धता जनाउनुभयो ।

    अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आगामी दिनमा पनि यस्ता किसिमका सहयोग निरन्तर पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय र प्रादेशिक सरकारबाट सहयोग पाइरहेका छौँ । आगामी दिनमा पनि यसले निरन्तरता पाउने अपेक्षा छ । अस्पतालमा आवश्यकता अनुसार बजेट नभएको अवस्थामा सहयोग प्रदान भएको छ, आभारी छौँ ।”

    डा अधिकारीले एनेस्थेसिया मेसिन सञ्चालनमा आइसकेको बताउँदै आजदेखि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend