logo

२०८३ साउन १४ बिहिबार

गङ्गालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण

गङ्गालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण


हाम्रो राष्ट्र
  • मंगलबार, २५ भाद्र २०८१
  • 2K
    SHARES

    काठमाडौँ बासबारिस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मङ्गलबार प्याराओलम्प्किमा पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई चिकित्सकले निशुल्क स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र केन्द्रबिच खेलाडीलाई निशुल्क स्वास्थ्य परीक्षणगर्ने त्रिपक्षिय सम्झौता कार्यक्रमको शुभारम्भ गरिँदै । साथमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायत । तस्बिर : हरिराम भेटुवाल / रासस

    काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरिइएको हो ।

    आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच उक्त सम्झौता भएको हो ।

    सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्रले आफ्नै स्रोतबाट गर्नेछ । उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ ।

    सो अवसरमा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यस्तै, युवा तथा खेलकुदमन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको जनाउँदै यसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ खेलाडी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवद्र्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको सुरूआत गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend